ओलीले छोडे नेपाली सेनाको सुरक्षा घेरो

ओलीले छोडे नेपाली सेनाको सुरक्षा घेरो

लोक आवाज,
काठमाडौँ, असोज २ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको सुरक्षाबाट बाहिरिएका छन्। आन्दोलन चर्किएको बेला प्रधानमन्त्रीबाट राजीनामा दिएका ओली हाल शिवपुरी छाडेर गुन्डु क्षेत्रमा बस्न थालेका छन्।

भदौ २४ गते ‘जेनजी आन्दोलन’ हिंसात्मक बनेपछि ओलीले प्रधानमन्त्री पद त्याग्दै बालुवाटार छाडेका थिए। त्यसयता उनी लामो समय शिवपुरीस्थित एक सुरक्षायुक्त क्षेत्रमा बसेका थिए, जहाँ नेपाली सेनाको निगरानी थियो। सुरक्षा स्रोतका अनुसार ओली हाल गुन्डु क्षेत्रमा बसिरहेका छन्। आन्दोलनका क्रममा उनको बालकोटस्थित घरमा समेत आगजनी भएको थियो, जसपछि उनी उच्च सुरक्षा व्यवस्थामा राखिएका थिए। तर, अब उनी नेपाली सेनाको सुरक्षा व्यवस्थाबाट बाहिरिसकेका छन्। यद्यपि, यसबारे एमाले पार्टीले औपचारिक जानकारी भने दिएको छैन।

यसअघि पनि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र झलनाथ खनालले क्रमशः सेनाको सुरक्षा छाडिसकेका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने अझै पनि सुरक्षा घेरामै रहेका छन्। आन्दोलनका क्रममा उनीमाथि हातपात भएपछि हाल उनी उपचाररत छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार