जेनजी आन्दोलनमा घाइते रविलक्ष्मी चित्रकारको देब्रे हात काटियो

जेनजी आन्दोलनमा घाइते रविलक्ष्मी चित्रकारको देब्रे हात काटियो

लोक आवाज,
काठमाडौँ, असोज २ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी, रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ। गत भदौ २४ गते काठमाडौं डल्लुस्थित घरमा भएको जेनजी आन्दोलनको क्रममा उनमाथि आगो लगाइएको थियो।

गम्भीर रूपमा जलेकी चित्रकारलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका चिकित्सकहरूले उनका देब्रे हातमा ४० प्रतिशत जलन देखिएपछि उपचार गरिरहेका थिए। तर, संक्रमणको बढ्दो जोखिमका कारण शल्यक्रिया गरेर हात काट्नुपर्ने निर्णय गरिएको अस्पताल स्रोतले जनाएको छ। चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको जनाइएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार