प्रचण्डको चेतावनी: अन्तरिम सरकार असफल पार्न षड्यन्त्र शुरू

प्रचण्डको चेतावनी: अन्तरिम सरकार असफल पार्न षड्यन्त्र शुरू

लोक आवाज,
काठमाडौँ, असोज २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताविरुद्धको षड्यन्त्र अझै नसकिएको बताएका छन्। संविधान दिवसको पूर्वसन्ध्यामा बिहीबार सार्वजनिक भिडियो सन्देशमार्फत उनले अन्तरिम सरकारलाई असफल पार्न र चुनाव हुन नदिन योजनाबद्ध प्रयास भइरहेको जानकारी दिए।

‘अन्तरिम सरकारलाई असफल बनाउने र मुलुकलाई अस्थिरतातिर लैजाने षड्यन्त्र सुरू भइसकेको छ,’ प्रचण्डले भने, ‘निर्वाचन तोकिएको समयमा हुनुपर्छ।’ उनले वर्तमान अवस्था देशभक्त र लोकतन्त्रवादी शक्तिहरूका लागि चुनौतीपूर्ण भएको भन्दै सबै परिवर्तनशील पक्षबीच एकता आवश्यक रहेको बताए।

प्रचण्डले जेन–जी आन्दोलनबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागू गर्ने अवसर गुमेको र आन्दोलनको उपलब्धि सीमित भएको दुःख व्यक्त गरे। उनले कांग्रेस र एमालेलाई जनताको आक्रोशसँग खेल्न नदिन समेत चेतावनी दिए। अध्यक्ष प्रचण्डले जेन–जी आन्दोलनलाई माओवादी जनयुद्धबाट अधुरा परिवर्तनका एजेन्डाहरूको निरन्तरता भनेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार