लोक आवाज,
सुनसरी, असोज, २ । पूर्वी पहाडी र तराईका जिल्लामा लगातार भइरहेको वर्षाका कारण सप्तकोसी नदीको पानीको बहाव तीव्र गतिमा बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार साँझदेखि कोसी ब्यारेज हुँदै बग्ने नदीमा जलस्तर क्रमशः उकालो लागिरहेको छ।
प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार बुधबार राति १०ः०० बजे गरिएको मापनअनुसार नदीको बहाव २,५१,८६५ क्युसेक प्रतिसेकेन्ड पुगेको छ। यसअघि राति ८ः०० बजे मापन गरिएको बहाव २,४८,२०० क्युसेक थियो।पानीको बहावमा आएको निरन्तर वृद्धिपछि कोसी ब्यारेजका ५६ ढोकामध्ये ३५ वटा खोलिएको छ। साथै, खतरा सतर्कता स्वरूप ब्यारेज क्षेत्रमा रातो बत्ती बालिएको प्रहरीले जनाएको छ।
सप्तकोसीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुरक्षा निकायले आग्रह गरेका छन्।




प्रतिक्रिया !