मनसुन सक्रिय बन्दै, पाँच प्रदेश उच्च जोखिममा

मनसुन सक्रिय बन्दै, पाँच प्रदेश उच्च जोखिममा

लोक आवाज,
काठमाडौँ, असोज, २ । मनसुन प्रणाली सक्रिय रहँदा आज असोज २ गते देशका अधिकांश भागमा मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थान आसपासमा रहेकाले देशभर बदलीको अवस्था देखिएको छ। साथै, अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकाले वर्षाको सम्भावना थपिएको हो।

आज दिनभर कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा तथा बाँकी भूभागका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ। यस्तै, कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिइएको छ। रातिको समय पनि साधारणतया बदली रहनेछ भने केही स्थानहरूमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले सम्भावित बाढी, पहिरो तथा जलजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै नागरिकहरूलाई सतर्क रहन अनुरोध गरेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार