लोक आवाज,
काठमाडौँ, असोज २ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ। यससँगै सुनको नयाँ मूल्य प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी ३० रुपैयाँले घटेर प्रतितोला २५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावले नेपाली बजारमा पनि प्रभाव पारिरहेको व्यवसायीहरूको भनाइ छ। मूल्य घटेसँगै उपभोक्ताले केही राहत महसुस गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया !