लोक आवाज,
जनकपुरधाम, असोज १ । जनमत पार्टीभित्र बढ्दो असन्तोषका बीच पार्टी अध्यक्ष डा. सिके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन अल्टिमेटम दिइएको छ।
पार्टी उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ नेताहरूले हस्ताक्षरित पत्रमार्फत यस्तो माग गरेका हुन्। उनीहरूले नेतृत्वको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र जन अपेक्षासँग विपरित गतिविधिले पार्टी कमजोर भएको औंल्याएका छन्। राजीनामा माग गर्ने नेताहरूमा केन्द्रीय प्रवक्ता डा. शरतसिंह भण्डारी, युवा संघ संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी संघ संयोजक सिके सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बम रहेका छन्।




प्रतिक्रिया !