महेश बस्नेतको वाचा: ओली बा’ लाई ३ दिनमा भव्य गृह प्रवेश

महेश बस्नेतको वाचा: ओली बा’ लाई ३ दिनमा भव्य गृह प्रवेश

लोक आवाज,
काठमाडौँ, असोज १ । ‘जेनजी’ आन्दोलनपछिको अस्थिरता र सुरक्षाको कारण शिवपुरीस्थित नेपाली सेनाको संरक्षणमा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तीन दिनभित्र आफ्नै गृहमा फर्कने तयारीमा छन्। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमार्फत यस जानकारी सार्वजनिक गरेका छन्।

बस्नेतका अनुसार, ओलीको गृह प्रवेश कार्यक्रम हजारौं समर्थकको उपस्थितिमा भव्य रूपमा सम्पन्न गरिनेछ। सुरक्षासम्बन्धी समन्वय र आवास व्यवस्थापनमा पनि तीव्र तयारी भइरहेको छ। सञ्चारकर्मीहरूसँगको कुराकानीमा बस्नेतले ‘जेनजी’ आन्दोलनलाई देशका लागि पराजयको दिन भने र नेतृत्व परिवर्तनको बहसलाई “बेमौसमको बाजा” भन्दै पुनर्निर्माण र गम्भीर चिन्तनमा जोड दिएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार