जलेश्वर नाकामा राजश्व सङ्कलनमा कमी

जलेश्वर नाकामा राजश्व सङ्कलनमा कमी

लोक आवाज,
जनकपुरधाम, असोज १ । महोत्तरीको प्रमुख व्यापारिक नाका जलेश्वर भन्सार कार्यालयमा राजश्व सङ्कलनमा निरन्तर गिरावट देखिएको छ। भन्सार प्रमुख राजेन्द्र बस्नेतका अनुसार चालु आर्थिक वर्षमा राजश्व सङ्कलन ४२ प्रतिशतले घटेको छ।

पेट्रोलियम पदार्थको आयात भिठामोडतर्फ सरेको र कोइला आयातमा कमी आएको कारणले राजश्वमा ठूलो प्रभाव परेको बताइएको छ। साउन महिनामा २५ करोड रुपैयाँ उठाउने लक्ष्यको सट्टा १३ करोड २३ लाख मात्र संकलन भयो भने भदौमा झन् घटेर करिब ११ करोडमा सीमित भयो। जलेश्वर नाका महोत्तरीको व्यापारिक केन्द्र भएकाले यस गिरावटले राजस्व व्यवस्थापनमा सरकारको ध्यानाकर्षण आवश्यक भएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार