लोक आवाज,
काठमाडौँ, असोज १ । आज बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख १६ हजार १ सय रुपैयाँमा पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर प्रतितोला २५५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा आएको अस्थिरता र स्थानीय माग घट्नुलाई मूल्य घट्ने मुख्य कारण बताए।




प्रतिक्रिया !