स्थगित कक्षा १२ मौका परीक्षा असोज ७ र ८ मा हुने

स्थगित कक्षा १२ मौका परीक्षा असोज ७ र ८ मा हुने

लोक आवाज,
काठमाडौँ, असोज १ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक मौका परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि भदौ २८ र २९ गते तय भएको परीक्षा तालिका देशको परिस्थिति अनुकूल संशोधित गरिएको हो।

संशोधित तालिकाअनुसार, असोज ७ गते अनिवार्य अङ्ग्रेजी कोड ९००४१० को परीक्षा हुनेछ। एक विषयका परीक्षार्थीले सोही विषयको परीक्षा दिनेछन् भने दुई विषयका विद्यार्थीले सानो कोड भएको विषय अङ्ग्रेजी वा नेपाली बाट अङ्ग्रेजी परीक्षा दिने व्यवस्था छ। असोज ८ गते दुई विषयका परीक्षार्थीले दोस्रो विषयको रूपमा अनिवार्य नेपाली कोड ९००२१० को परीक्षा दिनेछन्। परीक्षा बोर्डले परीक्षा केन्द्र, प्रवेशपत्र लगायत तयारी पूरा गरी परीक्षार्थीलाई समयमै तयारी गर्न आग्रह गरेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार