लोक आवाज,
काठमाडौँ, असोज १ । देशभर मनसुनी प्रभाव तीव्र बनेसँगै आगामी २४ घण्टामा विशेषगरी कोशी, बागमती, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी र केही तराई क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार अरब सागर र बङ्गालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मौसम बदली हुने क्रम जारी छ। दिउँसो र राति दुवै समय बदली रहनेछ। भारी वर्षाका कारण बाढी, पहिरो र साना नदी–नालामा पानीको सतह बढ्ने जोखिम रहेकाले सम्बन्धित निकाय र स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।



प्रतिक्रिया !