शिक्षा मन्त्रीमा मधेसका प्रख्यात शिक्षाविद् पवन कुमार मण्डललाई अघि सार्नुपर्ने माग,

शिक्षा मन्त्रीमा मधेसका प्रख्यात शिक्षाविद् पवन कुमार मण्डललाई अघि सार्नुपर्ने माग,

सुनिल कुमार साह,

लोक आवाज,जनकपुरधाम, आश्विन १ । समावेसी सरकार निर्माणको बहसमा मधेसी समुदायलाई उचित प्रतिनिधित्व दिलाउनुपर्ने आवाज क्रमशः उठ्दै गएको छ । विशेषगरी शिक्षा मन्त्रालय जस्तो संवेदनशील क्षेत्रमा मधेसका अनुभवी र वास्तविक शिक्षाविद्लाई अवसर दिनुपर्नेमा सरोकारवाला पक्षहरूले जोड दिएका छन्।

यस सन्दर्भमा विदेह नगरपालिकाको श्री जनता नमुना माध्यमिक विद्यालय, गिद्धा बेलापट्टीका प्राचार्य पवन कुमार मण्डलको नाम सर्वाधिक चर्चामा आएको छ। लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएका मण्डलले आफ्नो कुशल नेतृत्व र समर्पणमार्फत शिक्षामा व्यापक सुधार ल्याउन सफल व्यक्तित्वका रूपमा पहिचान कमाएका छन्।

मण्डललाई राष्ट्रपति तथा प्रधानमन्त्रीबाट “प्रवल जनसेवा पुरस्कार” सहित शिक्षा मन्त्रालय र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट सम्मानित गरिएको छ। यी उपलब्धिहरूले उहाँको योगदानलाई अझ स्पष्ट रूपमा उजागर गर्छन्। मधेसका ग्रामीण भेगमा शिक्षाको उज्यालो फैलाउन उहाँले गरेका प्रयासले स्थानीय मात्र नभई देशव्यापी चर्चा पाएका छन्।

विशेषतः, विद्यार्थी संख्याका आधारमा देशकै दोस्रो ठूलो विद्यालय बनाउन सफल मण्डलको नेतृत्वलाई शिक्षा क्षेत्रमा ठुलो उपलब्धि मानिन्छ। ग्रामीण क्षेत्रमा समेत गुणस्तरीय शिक्षा विस्तार गर्न उहाँले देखाएको दृढता र समर्पणका कारण हजारौं विद्यार्थी लाभान्वित भएका छन्।

शिक्षा क्षेत्रमा सुधार ल्याउने जिम्मेवारी शिक्षककै काँधमा हुने भएकाले यसपटक शिक्षामन्त्रीमा कुनै सक्रिय, अनुभवी र परिवर्तनकारी शिक्षकलाई अवसर दिनुपर्ने माग तीव्र बनेको छ। यसै कारण, पवन कुमार मण्डललाई योग्य उम्मेदवारका रूपमा अघि सार्नु समयसापेक्ष भएको सरोकारवालाहरूको भनाइ छ।

मधेसका बुद्धिजीवी, शिक्षाप्रेमी तथा स्थानीय समुदायले समेत मण्डललाई शिक्षामन्त्री बनाउन उच्च प्राथमिकता दिन आग्रह गरेका छन्। उनीहरूको तर्क छ—शिक्षकबाटै शिक्षामन्त्री बनाइने हो भने नीतिगत सुधारदेखि व्यवहारिक कार्यान्वयनसम्मको प्रक्रियामा वास्तविक उपलब्धि हासिल गर्न सकिन्छ।

देशको शिक्षा क्षेत्रमा स्थायी सुधार ल्याउन, ग्रामीण भेगसम्म शैक्षिक पहुँच विस्तार गर्न र भावी पुस्तालाई सक्षम बनाउने उद्देश्यले पवन कुमार मण्डललाई एकपटक अवसर दिनैपर्ने मागले अहिले व्यापकता पाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार