“बुधबार देशभर सार्वजनिक बिदा”

“बुधबार देशभर सार्वजनिक बिदा”

लोक आवाज,
काठमाडौँ, भदौ ३१ । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्मानमा असोज १ गते सेप्टेम्बर १७ देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा राष्ट्रिय शोक मनाइने उल्लेख गरिएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा भनिएको छ कि भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्न बुधबार सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मन्त्रिपरिषद्को सोमबारको बैठकबाट स्वीकृत भएको हो। यो सार्वजनिक बिदा नेपालभित्रका सरकारी कार्यालयहरूसँगै विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा पनि लागू हुनेछ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार