लोक आवाज,
जनकपुरधाम, भदौ, ३१ । मधेस प्रदेशमा सरकारको स्थायित्व संकटमा परेको छ। जनमत पार्टीले मधेस प्रदेशसभा संसदीय दलका नेता तथा मुख्यमन्त्री सतिश कुमार सिंहलाई सरकारबाट फिर्ता बोलाएको औपचारिक पत्र सभामुख रामचन्द्र मण्डललाई बुझाएको छ।
जनमत पार्टीका संसदीय दल नेता महेश प्रसाद यादवद्वारा हस्ताक्षरित उक्त पत्रमा, पार्टीले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ। भदौ २८ गते प्रदेश प्रमुखको कार्यालयमा समेत यो सूचना बुझाइएको थियो।सभामुख मण्डलले पत्र प्रदेशसभा सचिवालयमा दर्ता गरी आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। यस निर्णयले प्रदेश सरकार अल्पमतमा पर्ने स्थिति सिर्जना गरेको छ र नयाँ सत्ता समीकरणको सम्भावना बलियो भएको छ।
मधेस प्रदेशमा राजनीतिक उतारचढावले आगामी दिनमा कसरी मोड लिन्छ भन्ने विषयमा सबैको नजर टुङ्गिएको छ।




प्रतिक्रिया !