पाँच प्रदेशमा भारी वर्षाको चेतावनी, मौसम विभागको पूर्वानुमान

पाँच प्रदेशमा भारी वर्षाको चेतावनी, मौसम विभागको पूर्वानुमान

लोक आवाज,
काठमाडौँ, भदौ ३१ । हाल यहाँको मौसम पूर्वानुमान अनुसार मनसुनको न्यूनचापीय रेखा सामान्य स्थानमा छ र अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा सक्रिय छ। यसको कारणले आज देशभर सामान्यतया बदली रहने र केही प्रदेशहरूमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र केही भूभागमा वर्षा बढी हुनेछ।

आज राति पनि कोशी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ। पहाडी क्षेत्रमा व्यापक वर्षा हुनसक्छ। महाशाखाले पहिरो, गेग्रान बहाव र नदी–नालामा पानीको सतह बढ्न सक्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरेको छ। साथै, यातायात सेवा प्रभावित हुनसक्ने भएकाले यात्रा योजना सावधानीपूर्वक बनाउन भनिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार