लोक आवाज,
भारत, भदौ ३१ । भारतको हिमाञ्चल प्रदेशको शिमलास्थित कोटखदाई क्षेत्रमा सोमबार भएको गाडी दुर्घटनामा ४ जना नेपालीले ज्यान गुमाएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार, गाडी सडकबाट नियन्त्रण गुमाएर गहिरो खोंचमा खसेको थियो।
मृतक सबै सल्यानको कुमाख गाउँपालिका–४ का हुन्। गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीले जानकारी दिएका अनुसार मृत्यु हुनेहरूमा डिल्लीबहादुर शाही, एकेन्द्र शाही, लक्ष्मी मल्ल शाही र राजेश विष्ट रहेका छन्। दुर्घटनामा घाइते भएका दुई व्यक्तिको नाम भने यकिन नभएको अध्यक्ष बुढाथोकीले बताए। प्रारम्भिक अनुसन्धान अनुसार चालकले गाडी नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो। अध्यक्ष बुढाथोकीका अनुसार मृतकहरू कामका लागि भारत गएका थिए। दुर्घटनास्थलमा सडक क्षति भएकोले शव ल्याउन कठिनाइ भएको र अहिले बाटो सुधार्ने काम भइरहेको छ।




प्रतिक्रिया !