सुनचाँदीको मूल्यमा पुनः उकालो, बजार चलायमान

सुनचाँदीको मूल्यमा पुनः उकालो, बजार चलायमान

लोक आवाज,
काठमाडौँ, भदौ ३१ । आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १,९०० रुपैयाँले वृद्धि भई २,१७,१०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला २,५९५ रुपैयाँमा कारोबार भइरहेको छ। केही समयदेखि स्थिर देखिएको सुनचाँदीको बजार अहिले फेरि चासोको केन्द्रमा आएको छ। यस मूल्य वृद्धिसँगै उपभोक्ता र व्यवसायीहरू दुवै अगामी मूल्य प्रवृत्तिको प्रतिक्षामा छन्। विशेषज्ञहरूले मूल्य अझै बढ्ने सम्भावना रहेको जनाएका छन् भने, केहीले बजारमा अस्थिरता पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्न सुझाव दिएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार