जनकपुरधाममा जेनजी आन्दोलनका क्रममा चोरी भएको सुरक्षाकर्मीको हतियारसहित दुईजना पक्राउ

जनकपुरधाममा जेनजी आन्दोलनका क्रममा चोरी भएको सुरक्षाकर्मीको हतियारसहित दुईजना पक्राउ

लोक आवाज,
जनकपुरधाम, भदौ ३० । जनकपुरधाम उपमहानगरपालिका–९ का दुईजनालाई जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुट्ने घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

धनुषा जिल्लाका प्रहरी कार्यालयका अनुसार, भदौ २४ गते बेलुका करिब ७ बजे मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयमा आन्दोलनकारीहरूले प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए। यस क्रममा सुरक्षामा खटिएको प्रहरीको एसएलआर राइफल र ५० राउन्ड गोली लुटिएको थियो। उक्त घटनाको अनुसन्धान गर्दै प्रहरीले सीसीटीभी फुटेजको आधारमा सोमबार बिहान करिब ११ बजे मनिषकुमार अधिकारी ३७ र सन्तोषकुमार यादव २१ लाई पक्राउ गरेको छ। उनीहरूको साथबाट लुटिएको एसएलआर राइफल फेला परेको छ।

प्रहरीले घटनाका दोषीलाई कडाइका साथ कारबाही गरिने जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार