लोक आवाज,
काठमाडौँ, भदौ ३० । नयाँ गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार पदभार ग्रहण गर्दै जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोकको घोषणा गरेका छन्। गृह मन्त्रालयले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्ने जनाएको छ।
मन्त्री अर्यालले मृतक परिवारलाई काजकिरियाका लागि प्रत्येकलाई एक लाख रुपैयाँ उपलब्ध गराइने व्यवस्था मिलाउने र शवलाई घरसम्म पुर्याउने जिम्मेवारी सरकारले लिने बताउँदै शोक प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गरे। पदभार ग्रहण समारोहमा गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत सुरक्षा निकायका उच्च अधिकारीहरू उपस्थित थिए। मन्त्री अर्यालले सबै नागरिकसँग संयमता र सहकार्य गरी शान्ति तथा स्थायित्व कायम गर्न अपिल पनि गरेका छन्।




प्रतिक्रिया !