केपी ओलीमाथि अध्यक्ष पद छाड्न दबाब तीव्र, पार्टीभित्र असन्तुष्टि फैलियो

केपी ओलीमाथि अध्यक्ष पद छाड्न दबाब तीव्र, पार्टीभित्र असन्तुष्टि फैलियो

लोक आवाज,
काठमाडौँ, भदौ ३० । भदौ २३ र २४ मा जेन–जी नेतृत्वको विद्रोहपछि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टी नेतृत्व छाड्न दबाब तीव्र हुँदै गएको छ। प्रधानमन्त्रीको हैसियत गुमाइसकेका ओली अझै पनि सुरक्षा घेराभित्र सीमित छन् र पार्टी काममा फर्किने स्थिति अनिश्चित छ।

एमालेका वरिष्ठ नेता र पदाधिकारीहरूले अबको नेतृत्व परिवर्तनबारे गोप्य छलफल थालेका छन्। सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, योगेश भट्टराई र गोकुल बाँस्कोटा जस्ता नेताहरूले ओली नेतृत्वप्रति स्पष्ट असन्तुष्टि देखाएका छन्। उनका अनुसार, वर्तमान अवस्थामा ओलीको नेतृत्वमा पार्टीले जनसमर्थन फर्काउन सक्दैन। जेन–जी विद्रोहका क्रममा पार्टी कार्यालयहरू र नेताहरूका घरमा आगजनी भएको छ भने, कार्यकर्ता नेतृत्वविहीन र असुरक्षित महसुस गरिरहेका छन्।

महासचिव शंकर पोखरेलले केही भर्चुअल संवाद सुरु गरेका भए पनि त्यो प्रभावकारी हुन नसकेको छ। ओलीमाथि असन्तुष्टि बढेसँगै पार्टी पुनर्गठनको माग पनि जोडिएको छ। यद्यपि, स्थायी कमिटी र सचिवालयमा औपचारिक छलफल भने अहिलेसम्म सुरु भएको छैन। पार्टीभित्र ठूलो हिस्साले ओलीको विकल्प खोज्नुपर्ने धारणा बनाएका छन्। विगतमा दुई पटक पदबाट हटाइएका ओली यसपटक विद्रोहबाट तेस्रोपटक पार्टीबाट बाहिरिने संकेत देखिन थालेका छन्। एमालेभित्रैबाट अब उनको राजनीतिक विदाइ हुने संभावनालाई पनि जोड दिइँदैछ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार