लोक आवाज,
जनकपुरधाम, भदौ ३० । जनमत पार्टीले आफ्नो केन्द्रीय सचिव विशेश्वर प्रसाद वीपी साहलाई जबरजस्ती करणी मुद्दामा नाम जोडिएपछि निलम्बन गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले सोमबार निर्णय सार्वजनिक गर्दै, अनुसन्धान प्रक्रिया पूरा नहुँदासम्म साहलाई सचिव पद र साधारण सदस्यता दुवैबाट निलम्बन गरिएको जनाएको छ।
अनुशासन समितिको पत्रमा उल्लेख भए अनुसार, २०८१ चैत ३१ गते साहविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो। भदौ ५ गते जिल्ला प्रहरी कार्यालय धनुषाले सूचना जारी गरेपछि पार्टीले यो विषयलाई गम्भीर रूपमा लिएको छ।साथै, अनुशासन समितिले साहलाई ७ दिन भित्र लिखित रूपमा आफ्नो पक्ष राख्न आग्रह गरेको छ। अनुसन्धान चलिरहेको बेला उनीमाथिको पार्टीको सबै जिम्मेवारी र सदस्यता अस्थायी रूपमा रोकिएको छ।




प्रतिक्रिया !