आज सुनचाँदीको भाउमा बृद्धि, लगानीकर्तामा उत्साह

आज सुनचाँदीको भाउमा बृद्धि, लगानीकर्तामा उत्साह

लोक आवाज,
काठमाडौँ, भदौ ३० । आज देशभर सुनचाँदीको बजार मूल्यमा स्पष्ट वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य १०० रुपैयाँले बढेर प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा पुगेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि ५ रुपैयाँले वृद्धि भई प्रतितोला २५७५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य वृद्धिसँगै सुनचाँदी व्यवसायीहरूमा बजारप्रतिको उत्साह थपिएको छ। महासंघका प्रतिनिधिहरूले सुनको मूल्य वृद्धिलाई आर्थिक सुधार र अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेको संकेतका रूपमा व्याख्या गरेका छन्।

बजारमा सुनचाँदीको मूल्य उतार(चढावले आगामी दिनहरूमा लगानीकर्ताको ध्यानाकर्षण गर्ने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार