लोक आवाज,
काठमाडौँ, भदौ ३० । देशभरको मौसम हाल सामान्य रूपमा बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले लुम्बिनी प्रदेशसहित केही स्थानहरूमा वर्षा भइरहेको छ।
आज दिउँसो लुम्बिनी प्रदेश र देशका पहाडी भू–भागका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ भने तराईका केही ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेशका एक–दुई ठाउँमा भारी वर्षा हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ। यस्तै, रातिको समयमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा र केही ठाउँमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसैबीच, मौसममा भइरहेको यो बदलीले बाढी, डुवान र पहिरोको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा रहने नागरिकलाई सतर्क रहन मौसम महाशाखाले आग्रह गरेको छ।



प्रतिक्रिया !