प्रधानमन्त्री मोदीद्वारा सुशीला कार्कीलाई बधाई र शुभकामना

प्रधानमन्त्री मोदीद्वारा सुशीला कार्कीलाई बधाई र शुभकामना

लोक आवाज,
भारत, भदौ २८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन्। उनले नेपाली, हिन्दी र अंग्रेजी भाषामा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश पोस्ट गरी कूटनीतिक सद्भाव प्रकट गरेका छन्।

मोदीले नेपाली भाषामा ट्वीट गर्दै भनेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।” प्रधानमन्त्री मोदीको यो त्रिभाषिक सन्देशलाई नेपाल–भारत बीचको सहकार्य र मित्रता प्रगाढ हुने संकेतका रूपमा हेरिएको छ। दुई देशबीच कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने पक्षमा यो सकारात्मक सन्देश रहेको विश्लेषकहरूको भनाइ छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार