हेटौंडामा चोरी भएका सामग्री खोजीमा प्रहरी संलग्न

हेटौंडामा चोरी भएका सामग्री खोजीमा प्रहरी संलग्न

लोक हावाज,
रौतहट, भदौ २८ । जेनजी आन्दोलनको अव्यवस्थित लहरमा हेटौंडामा सरकारी सम्पत्तिमा भएको लुटपाटप्रति प्रहरीले कडा प्रतिक्रिया जनाएको छ। शनिबार बिहान हेटौंडा उपमहानगरपालिका–४ कर्राबाट बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयबाट चोरी गरिएका दुई ट्रक सामान बरामद गरिएको हो। मकवानपुर प्रहरीले दिएको जानकारी अनुसार, लुटपाटका क्रममा दराज, टेबल, कुर्सी, कम्प्युटर लगायतका कार्यालय सामग्री हराएका थिए। स्थानीयको सक्रिय सहयोगमा वडा प्रहरी कार्यालय सानो पोखराले ती सामग्री कर्राबाट फेला पारेको हो।

अनुसन्धान जारी, संलग्नहरू पक्राउमा

प्रहरीले लुटपाटमा संलग्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। उनीहरू विरुद्ध अनुसन्धान थालिएको डिएसपी श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार, “घटनामा संलग्न कसैलाई पनि नछोडिनेछ। कानुनी दायरामा ल्याई आवश्यक कारबाही गरिनेछ।”बरामद सामग्रीहरू सुरक्षित रूपमा राखिएको र बाँकी हराएका सामग्रीहरू खोजी भइरहेका छन्।

समुदायको सहयोगमा सफलता

स्थानीय नीरजसिंह ठकुरीका अनुसार, समुदायकै सक्रिय निगरानी र प्रहरीसँगको समन्वयमा लुटिएको सामान पुनः फेला पार्न सम्भव भएको हो। उनले भने, “समाजले सहयोग नगरेसम्म यस्ता घटना नियन्त्रण गर्न सकिंदैन। प्रहरीसँग हातेमालो गर्नुपर्छ।”

आन्दोलनको असर स् देशभर फैलिए लुटपाट

२४ भदौको जेनजी आन्दोलनपछि काठमाडौंसहित विभिन्न प्रदेशका सरकारी र सार्वजनिक कार्यालयमा तोडफोड, आगजनी र लुटपाटका घटनाहरू भएका थिए। प्रहरी प्रशासनले ती घटनाहरूको छानबिन, नियन्त्रण र संलग्नहरू खोज्ने कार्यलाई प्राथमिकता दिएको छ। यसै सन्दर्भमा, प्रहरीले सर्वसाधारणलाई लुटपाटमा संलग्न व्यक्तिलाई नछोप्न, जानकारी भएमा तत्काल सूचित गर्न आह्वानसमेत गरेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार