जितिया पर्वको तयारीमा नदीमा गइन् १० वर्षीया बालिका, रौतहटमा बेपत्ता

जितिया पर्वको तयारीमा नदीमा गइन् १० वर्षीया बालिका, रौतहटमा बेपत्ता

लोक आवाज,
जनकपुरधाम, भदौ २८ । जितिया पर्वको नुहाय–खायका अवसरमा स्नान गर्न गएकी रौतहटकी १० वर्षीया बालिका अमृता साह नदीमा बेपत्ता भएकी छन्। गौर नगरपालिका–६ निवासी अमृता शुक्रबार बिहान व्रतालु महिलासँगै लाल बकैया नदीमा स्नानका लागि गएकी थिइन्। स्नानकै क्रममा अचानक डुबेर हराएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

खोजीमा प्रहरी सक्रिय

घटनापछि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी कार्य सुरु गरेको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार, अमृता डुबेको आशंका गरिएको क्षेत्रमा व्यापक खोजी कार्य भइरहेको छ। “घटनास्थलमा प्रहरी टोली खटिएको छ। खोजी कार्य अविरल रूपमा जारी छ,” उनले जानकारी दिए।

समुदाय स्तब्ध

जितिया पर्वको अवसरमा महिलाहरूले व्रत बस्ने अघिल्लो दिन नदी वा तलाउमा सामूहिक स्नान गर्ने परम्परा छ।
त्यसै क्रममा सहभागी भएकी बालिका अमृता बेपत्ता भएपछि स्थानीय समुदायमा स्तब्धता छाएको छ।
सामूहिक श्रद्धा र परम्परागत आस्थाको दिनमा भएको यो घटनाले जिल्लाभर चिन्ता थपेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार