लोक आवाज
जनकपुरधाम , २८ भदौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ तथा शुभकामना दिएका छन्।
मोदीले शनिबार सामाजिक सञ्जालमार्फत सन्देश पोस्ट गर्दै लेखेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेकोमा सुशीला कार्कीलाई बधाइ तथा शुभकामना छ। भारत नेपालका जनताको शान्ति, प्रगति र समृद्धिप्रति प्रतिबद्ध छ।”
शुक्रबार राति नेपालको पहिलो महिला प्रधानन्यायाधीश रहेकी सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्। जनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
शुक्रबार राति नै राष्ट्रपति पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।




प्रतिक्रिया !