लोक आवाज ,
काठमाडौँ , २८ भदौ । नेपालले पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । पूर्व प्रधानन्यायाधीश समेत रहिसकेकी ७३ वर्षीया सुशीला कार्कीलाई राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पदको शपथ ग्रहण गराइएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई नेपालको ४२ औँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गराएका छन् । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानन्यायाधीश, मन्त्रीहरू, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो ।
यससँगै नेपालले ७३ वर्षको संघीय लोकतान्त्रिक गणतान्त्रिक इतिहासमा पहिलो पटक महिला नेतृत्वलाई प्रधानमन्त्री पदमा देखेको छ । कार्कीलाई न्याय क्षेत्रमा निर्भीक, इमानदार र दृढ चरित्रकी महिला नेता भनेर चिनिन्छ ।
उनको नेतृत्वमा मुलुकलाई स्थिरता, सुशासन र राजनीतिक सहमतिको बाटोतर्फ अघि बढाउने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया !