लोक आवाज,
काठमाडौँ, भदौ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सामाजिक सञ्जाल विरोधी भनेको दाबी असत्य भएको स्पष्ट पारेका छन्। एमालेको दोस्रो विधान सभामा उठेका विचार र सामाजिक सञ्जालमा भएका प्रश्नहरूको जवाफ दिँदै उनले टिकटक मार्फत भिडियो सन्देश सार्वजनिक गरे।
ओलीले भने, “हामी सामाजिक सञ्जालको विरोधी होइनौं, तर बेथिति, गालीगलौज, अराजकता र हेपाहा प्रवृत्तिको विरोधी हौं।”
उनले जेनजी पुस्ताप्रति विश्वास व्यक्त गर्दै भने कि यो पुस्ता कानुन बुझ्ने, विवेकशील र लोकतन्त्रप्रति आस्थावान रहेको छ। प्रधानमन्त्रीले थपे, “जेन्जी पुस्तालाई भड्काउन खोज्नेहरूलाई म चेतावनी दिन्छु, त्यो बेकारको कुरा हो। उनीहरू कानुनलाई मान्छन् र बुझ्छन्।”
यो वक्तव्य पछिल्लो समयमा देशभर फैलिएको युवा आन्दोलनसँग प्रत्यक्ष सम्बन्धित मानिएको छ, जहाँ जेनजी पुस्ताले भ्रष्टाचार, प्रशासनिक बेथिति र सामाजिक सञ्जालमाथिको सम्भावित नियन्त्रणको विरुद्ध प्रदर्शन गरिरहेका छन्। प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिले सरकारको सामाजिक सञ्जाल नियमन सम्बन्धी विवादलाई केही हदसम्म सम्बोधन गर्ने प्रयास देखिन्छ। प



प्रतिक्रिया !