लोक आवाज,
रौतहट, भदौ २३ । रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडियामा ५५ वर्षीया सुशीला देवीमाथि अन्धविश्वासको झूठो बोक्सी आरोप लगाएर सामूहिक कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। छिमेकी दिनेश साह कानु, उनका छोरा गोलु साह कानु, विक्रम साह कानु लगायतको समूहले उनलाई शारीरिक यातना मात्र होइन, अपमानजनक रूपमा केश मुण्डनसमेत गरेका छन्।
घटनाको शुरुआत तब भएको थियो जब दिनेश साह कानुकी पत्नी संगीता देवी अचानक बिरामी भइन् र उपचारका लागि वीरगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भयो। मृतक परिवारले सुशीला देवीमाथि टुनामुना गरेको आरोप लगाउँदै हिंसा गरेका थिए। इलाका प्रहरी कार्यालय गरुडाको टोलीले घटनाको जानकारी पाएपछि पीडितलाई उद्धार गरेको र ७ जनाविरुद्ध जाहेरी दर्ता गरेको छ। आरोपितहरू फरार रहेका छन् र प्रहरी उनीहरूको खोजीमा छ।
स्थानीय मानव अधिकारकर्मीहरूद्वारा यो घटना कडा आलोचित हुँदै दोषीलाई कानुनी कारबाही गर्न माग गरिएको छ। उनीहरूले भनेका छन्, २१औं शताब्दीमा पनि यस्तो घटना हुनु हाम्रो समाजमा अन्धविश्वासको गहिरो जरा रहेको प्रमाण हो।
यो घटनाले सामाजिक चेतना र मानव अधिकारको संरक्षणतर्फ सचेत हुनुपर्ने आवश्यक्ता औँल्याएको छ।



प्रतिक्रिया !