जनकपुरमा जेनजीको हुंकार: सञ्जाल नियन्त्रण र भ्रष्टाचारको विरोधमा सडकमा

जनकपुरमा जेनजीको हुंकार: सञ्जाल नियन्त्रण र भ्रष्टाचारको विरोधमा सडकमा

लोक आवाज,
जनकपुरधाम, भदौ २३ । सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारी प्रयास, बढ्दो भ्रष्टाचार र प्रशासनिक अव्यवस्थाविरुद्ध उठेको जेनजी आन्दोलन अब मधेस प्रदेशको राजधानी जनकपुरसम्म फैलिएको छ।

काठमाडौं, विराटनगर, बुटवललगायतका सहरहरूमा सुरु भएको यो स्वतःस्फूर्त युवा आन्दोलन जनकपुरमा पनि उस्तै सजगता र सङ्गठित शैलीमा प्रकट भएको छ।

राजनीतिक झन्डाविना सडकमा जेनजी

प्रदर्शनमा सहभागी युवाहरूले कुनै पनि राजनीतिक पार्टीको झन्डा बोकेका थिएनन्। उनीहरूले आफैंलाई ूसजग नागरिकू को हैसियतमा प्रस्तुत गर्दै, सरकारविरुद्ध शान्तिपूर्ण नाराबाजी गरेका थिए। “भ्रष्टाचार हटाउ, भविष्य बचाउ”, “सञ्चारमाथि नियन्त्रण होइन, सुधार चाहिन्छ” जस्ता प्लेकार्डहरू लिएर उनीहरूले जनकपुरका मुख्य सडकहरूमा पदयात्रा गरेका थिए।

‘हामी शासन चाहन्छौं, शोषण होइन’

एक सहभागी युवाले भने

“हामी शासन चाहन्छौं, शोषण होइन। हाम्रा अभिव्यक्ति स्वतन्त्रताको अधिकार कटौती गर्न पाइँदैन।”

यस्तो भनाइले आन्दोलनको सारलाई मात्र होइन, नयाँ पुस्ताको सोच र चेतनालाई पनि उजागर गरेको छ।

मधेसमा फैलिँदै जनलहर

जनकपुरमा भएको यो प्रदर्शनले जेनजी आन्दोलन मधेस प्रदेशमा पनि गहिरिँदै गएको राजनीतिक सन्देश दिएको विश्लेषकहरू बताउँछन्। देशभर फैलिँदै गरेको यो जनलहरप्रति राजनीतिक नेतृत्वको जवाफ कस्तो हुने भन्ने विषयमा आम चासो बढ्दो छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार