बारामा लागूऔषध कारोबार सक्रिय, सिम्रौनगढबाट ठूलो परिमाणमा गाँजा बरामद

बारामा लागूऔषध कारोबार सक्रिय, सिम्रौनगढबाट ठूलो परिमाणमा गाँजा बरामद

लोक आवाज,
बारा, भदौ १८ । बाराको सिम्रौनगढ नगरपालिका–२ स्थित नयाँ टोलमा लागूऔषध कारोबारको पर्दाफास भएको छ। ३५ वर्षीया रिता देवी यादवलाई १३८ किलो ७ सय ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरी निरीक्षक पवन पछाईको नेतृत्वमा खटिएको टोलीले यादवको घरमा छापा मार्दा खाटमुनि जुट र प्लास्टिकको बोरामा लुकाइएको गाँजा फेला परेको हो। इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले आरोपीलाई नियन्त्रणमा लिएको छ घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङले जानकारी दिएका छन्। प्रारम्भिक अनुसन्धान अनुसार, गाँजा व्यवस्थित रूपमा प्याक गरी लुकाइएको थियो, जसले व्यवसायिक कारोबारको संकेत गर्छ।

प्रहरीले घटनालाई लागूऔषध नियन्त्रण अभियानको महत्वपूर्ण सफलता मानेको छ। स्थानीय स्तरमा गाँजा कारोबारको सक्रियता र नेटवर्कबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार