वीरगञ्जमा हैजा संक्रमण तीव्र, रास्वपाले संसदमा माग्यो आपतकालीन हस्तक्षेप

वीरगञ्जमा हैजा संक्रमण तीव्र, रास्वपाले संसदमा माग्यो आपतकालीन हस्तक्षेप

लोक आवाज,
पर्सा, भदौ १८ । मधेस प्रदेशको पर्सा जिल्लास्थित वीरगञ्जमा फैलिएको हैजा संक्रमण नियन्त्रणमा सरकारको निष्क्रियताप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गम्भीर ध्यानाकर्षण गराएको छ।

बुधबार पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागले विज्ञप्ति जारी गर्दै दूषित पानी हैजाको प्रमुख कारण भएको उल्लेख गर्दै, पिउने पानीको व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ, “तीन करोडभन्दा कम जनसंख्या भएको देशमा सुरक्षित पानी उपलब्ध गराउन नसक्नु दुर्भाग्यपूर्ण”। रास्वपाका अनुसार, हैजाले हालसम्म ४ जनाको मृत्यु भइसकेको छ भने ६०० भन्दा बढी नागरिक संक्रमित भएका छन्। “यस्तो विषम परिस्थितिमा पनि सरकारले प्रभावकारी हस्तक्षेप नगर्नु गम्भीर लापरवाही हो” भन्दै विज्ञप्तिमा सरकारको कमजोरी औंल्याइएको छ।

पार्टीले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक हकको कार्यान्वयनमा सरकार असफल भएको भन्दै सम्बन्धित निकायहरूलाई गम्भीर बन्न आह्वान गरेको छ। रास्वपाले आम नागरिकको जीवन र स्वास्थ्यप्रति प्रतिबद्धता दोहोर्‍याउँदै हैजा नियन्त्रणका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार