तराई–मधेसमा सर्पदंशको आतंक, दैनिक घटनामा वृद्धि

तराई–मधेसमा सर्पदंशको आतंक, दैनिक घटनामा वृद्धि

लोक आवाज,
जनकपुरधाम, भदौ १८ । तराई–मधेसका जिल्लाहरूमा सर्पदंशका घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन्। प्रादेशिक अस्पताल जनकपुरधामका अनुसार दैनिक पाँचदेखि छ जना बिरामी सर्पदंशको कारण उपचारका लागि अस्पताल आइपुग्ने गरेका छन्।

२०८० चैतदेखि हालसम्म १,११५ जना बिरामी सर्पदंशका कारण अस्पतालमा भर्ना भएका छन्। तीमध्ये ६० जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ। समयमै उपचार पाएका कारण मृत्युदरमा केही कमी आएको भए पनि हालसम्म ७ जनाको ज्यान गइसकेको अस्पतालले जनाएको छ। आपतकालीन सेवा कक्ष प्रमुख उज्ज्वल झाका अनुसार, वर्षा र गर्मीको मौसममा सर्पको गतिविधि बढ्ने भएकाले विशेष सतर्कता अपनाउन आवश्यक छ। सर्पले टोकेको अवस्थामा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा पुग्न स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।

विशेषज्ञहरूका अनुसार तराई क्षेत्रमा करेत, कोब्रा, रसल भाइपरजस्ता विषालु सर्पहरू सक्रिय हुने गर्छन्। एन्टीभेनमको अभाव, स्वास्थ्य सेवामा पहुँचको कमी, र जनचेतनाको अभावले सर्पदंशलाई अझ जटिल बनाइरहेको छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार