लोक आवाज,
जनकपुरधाम, भदौ १८ । मिथिला नगरपालिका–१० स्थित लालगढमा मङ्गलबार साँझ एक दुखद घटना भएको छ। स्थानीय जानुका कार्कीको निर्माणाधीन घरमा वाइरिङको काम गरिरहेका ४० वर्षीय राजकुमार श्रेष्ठलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छद्द।
श्रेष्ठको शवलाई प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टमका लागि पठाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। स्थानीय स्तरमा विद्युत सुरक्षाको लापरवाही र कामदारको सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकताबारे चासो बढ्दै गएको छ। यस घटनाले निर्माणस्थलमा सावधानी र सुरक्षा उपायको पुनः मूल्यांकन गर्नुपर्ने आवश्यकता देखाएको छ।




प्रतिक्रिया !