सुनचाँदीको मूल्य फेरि बढ्यो, उपभोक्ता चकित

सुनचाँदीको मूल्य फेरि बढ्यो, उपभोक्ता चकित

लोक आवाज,
काठमाडौँ, भदौ १८ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर २ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो वृद्धि अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय माग–आपूर्ति सन्तुलनका कारण देखिएको हो।

त्यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला २४८० रुपैयाँमा कारोबार भइरहेको छ। बजार विश्लेषकहरूका अनुसार डॉलरको मूल्य, ब्याजदर, र भूराजनीतिक तनावले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव ल्याइरहेको छ। सुनको मूल्यमा लगातार वृद्धि हुँदा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ भने चाँदीको मूल्यमा सामान्य गिरावटले औद्योगिक प्रयोगमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार