लोक आवाज,
काठमाडौँ, भदौ १४ । नेपालमा अहिले मनसुन न्यून चापीय रेखा पूर्वतर्फ र पश्चिमतर्फ सामान्य स्थानभन्दा केही उत्तरतिर र पश्चिममा सरदर स्थानको आसपास फैलिएको छ। यस कारणले आज देशभर मौसममा परिवर्तन आउनेछ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार, आज दिउँसो नेपालका अधिकांश स्थानहरूमा सामान्यतया बदली हुनेछन्। केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई र पहाडी क्षेत्रहरूमा मध्यम वर्षा हुनसक्ने सम्भावना छ भने, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्छ। राति पनि मौसम साधारणतया बदली रहने छ, र देशभरका पहाडी क्षेत्रका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।




प्रतिक्रिया !