लोक आवाज,
पर्सा, भदौ १४ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई शनिबार बिहान ९ बजे एमालेका नेता र कार्यकर्ताहरूले ५१ किलोको भव्य माला लगाइदिई सम्मान गरेका छन्। उद्योग वाणिज्य संघले महिला उद्यमीहरूसँग आयोजना गरेको छलफल कार्यक्रममा सहभागिता जनाउन सिमरा विमानस्थल पुगेकी भण्डारीलाई स्थानीय महिला कार्यकर्ता र जनताले गर्मजोशीका साथ स्वागत गरेका थिए।
सिमरा विमानस्थलमा भण्डारीको आगमनसँगै स्थानीय महिलाहरू समेत उपस्थित भएर उनलाई सम्मान गर्न आएका थिए। यस अवसरमा पूर्वराष्ट्रपतिको राजनीतिक गतिविधिका बारेमा पनि चर्चा भएको थियो। उनले यो भ्रमणको क्रममा आगामी समयको लागि आफ्नो सक्रिय राजनीतिक भूमिकामा फर्किने संकेत पनि दिएका थिए। स्मरणीय छ, गत असार १४ गते मदन भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा भण्डारीले आफ्नो सक्रिय राजनीति पुनः सुरु गर्ने निर्णय घोषणा गरेकी थिइन्। तर, एमालेको केन्द्रीय कमिटीको निर्णय अनुसार उनलाई हालको अवस्थामा सक्रिय राजनीति फर्कन रोकिएको थियो।
नेपालको राजनीतिक परिप्रेक्ष्यमा भण्डारीको गतिविधि हाल पनि चासोको विषय बनेको छ, र यसले आगामी राजनीतिक परिप्रेक्ष्यमा के फरक ल्याउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।




प्रतिक्रिया !