“प्रधानमन्त्री ओली र जम्बो प्रतिनिधिमण्डल चीन प्रस्थान”

“प्रधानमन्त्री ओली र जम्बो प्रतिनिधिमण्डल चीन प्रस्थान”

लोक आवाज,
काठमाडौँ, भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीनको तिया न्जिन शहर प्रस्थान गर्नु भएको छ, जहाँ उहाँ शांघाई सहयोग संगठन एससीओ शिखर सम्मेलनमा सहभागी हुनेछन्। यो भ्रमण चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा गरिएको हो र १५ (१६ गतेसम्म जारी रहने सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति स्वयं गर्नेछन्।

प्रधानमन्त्री ओलीसँगै उच्चस्तरीय प्रतिनिधिमण्डल पनि चीन प्रस्थान गरेको छ, जसमा उहाँकी श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, आर्थिक सल्लाहकार डा। युवराज खतिवडा र सांसद छविलाल विश्वकर्मा पनि रहेका छन्। यो प्रधानमन्त्री ओलीको चीनमा भएको दोस्रो भ्रमण हो र यस भ्रमणको मुख्य उद्देश्य एससीओ सम्मेलनमा नेपालको योगदान र चिनीया सरकारसँग द्विपक्षीय सहकार्यलाई बलियो बनाउनु हो। प्रधानमन्त्री ओली १८ गतेसम्म चीनमा रहेका हुनेछन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार