लुम्बिनी नगर प्रमुख (खान)को आकस्मिक निधन, शोकको लहर”

लुम्बिनी नगर प्रमुख (खान)को आकस्मिक निधन, शोकको लहर”

लोक आवाज,
काठमाडौँ, भदौ १४ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान खानको आज बिहान ९ बजे हृदयघातका कारण निधन भएको छ। नगरपालिका–३ का वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले जानकारी दिँदै भने, उहाँको स्वास्थ्यमा अचानक समस्या आएपछि युनिभर्सल मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै निधन भएको हो।

नेपाल कांग्रेसका तर्फबाट नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका ७० वर्षीय खानको असामयिक निधनले स्थानीय समुदायमा शोकको लहर फैलाएको छ। नगर प्रमुख खानका योगदान र राजनीतिक गतिविधिहरूलाई सम्झदै लुम्बिनी क्षेत्रका नागरिकहरूले श्रद्धाञ्जलि अर्पण गरेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार