लोक आवाज,
सर्लाही, भदो १३ । सर्लाहीको लालबन्दी नगरपालिका–१४ कामिटारका २० वर्षीय सन्ते ब्लोनलाई लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ। बुधबार बिहान करिब ११;५५ बजे लालबन्दी नगरपालिका–८ खतिवडा चोकमा मोटरसाइकल चेकजाँचका क्रममा चालक र पछाडि सवार व्यक्ति भाग्ने प्रयास गरेपछि प्रहरीले पीछा गर्यो। प्रहरीले ब्लोनलाई नियन्त्रणमा लिएको छ भने अर्को व्यक्ति फरार भएको छ।
पक्राउ पर्ने क्रममा प्रहरीले दुईवटा झोलामा लुकाइएका ५ पोका गाँजा फेला पारेको छ, जसको तौल करिब २५ किलो रहेको छ। मोटरसाइकल समेत बरामद गरिएको छ। सन्ते ब्लोनमाथि थप अनुसन्धान भइरहेको छ भने फरार अभियुक्तको खोजी जारी छ। जिल्ला अदालत सर्लाहीले उनलाई पाँच दिनको म्याद थप गरी नियन्त्रणमा राखेको छ।




प्रतिक्रिया !