लोक आवाज,
जनकपुरधाम, भदौ १३ । मधेश प्रदेशको बजेटप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। त्रुटिपूर्ण र अपारदर्शी बजेट ल्याएको आरोप लगाउँदै अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गरिएको छ। बिहीबार पनि सदन सञ्चालन हुन नसक्दा सभामुख रामचन्द्र मण्डलले बैठक अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेका छन्।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक जवाहरलाल कुशवाहाले अर्थमन्त्रीको राजीनामा अपरिहार्य रहेको बताए र “राजीनामा नआएसम्म सदन चल्न नदिने” स्पष्ट पारे। यता नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले विपक्षी दलहरूलाई सर्वदलीय बैठक बहिष्कार गरी सदन अवरुद्ध गरेकोमा आपत्ति जनाए र यसलाई “रगरा गर्ने शैली” ठहराए।
विपक्षी दलहरू जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी, राप्रपा नेपाल र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। यी दलहरूले छैठौँ प्रदेशसभा अधिवेशनको सुरुदेखि नै सदन अवरुद्ध गर्दै आएका छन्। प्रदेश सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेट पारित गरे पनि विपक्षी दलले पारदर्शिताको अभाव र बिचौलियाको हस्तक्षेप भएको आरोप लगाउँदै विरोध जनाइरहेका छन्।




प्रतिक्रिया !