सिरहामा लाखौं मूल्यको भन्सार छलि सामानसहित स्कारपियो बरामद

सिरहामा लाखौं मूल्यको भन्सार छलि सामानसहित स्कारपियो बरामद

लोक आवाज,
सिरहा, भदौ १३ । सिरहाको लहान नगरपालिका–१९ छारापट्टि क्षेत्रमा भारतीय स्कारपियो गाडी नियन्त्रणमा लिइएको छ। बिहीबार साँझ करिब ८ बजेतिर सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेसक्याम्प लहानबाट खटिएको टोलीले ठाडी–लहान सडक खण्डमा सवारी जाँचका क्रममा एक सेतो स्कारपियो गाडीलाई रोक्न खोज्दा चालक तीव्र गतिमा भागे।

सशस्त्र प्रहरीले गाडीलाई पछि लाग्दा लहान–१९ कटाहा चोक नजिकै सडक किनारमा गाडी बेवारिसे अवस्थामा फेला पार्‍यो। चालक फरार रहेको बताइएको छ। गाडीको भित्रबाट करिब ७ लाख ४ हजार ८५० रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ। उक्त गाडीको अनुमानित मूल्य १५ लाख रुपैयाँ रहेको छ। सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार बरामद सामान र गाडी भन्सार कार्यालयमा बुझाउने प्रक्रिया सुरु गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार