सर्लाहीमा कटुवा पेस्तोलसहित दुई युवक पक्राउ

सर्लाहीमा कटुवा पेस्तोलसहित दुई युवक पक्राउ

लोक आवाज,
सर्लाही, भदौ १३ । सर्लाही प्रहरीले अवैध कटुवा पेस्तोलसहित दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रामनगर गाउँपालिका–७ सिसौट टोलका २५ वर्षीय किशन महरा र बागमती नगरपालिका–४ जिरायत टोलका १८ वर्षीय श्याम महरा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, भदौ ११ गते दिउँसो करिब ३ बजे भारतको सोनवर्षाबाट मलंगवातर्फ जाँदै गरेको मोटरसाइकल बिआर ०६ डीएम ९५२३ लाई रोक्न खोज्दा किशन महरालाई नियन्त्रणमा लिइएको थियो। सोधपुछका क्रममा किशनले आफ्ना साथमा रहेको हतियार श्यामलाई राख्न दिएको बताएपछि प्रहरीले श्यामलाई पनि पक्राउ गर्यो। प्रहरीले श्यामको साथबाट बागमती नदीको किनारमा लुकाइएको कटुवा पेस्तोल बरामद गरेको जनाएको छ। दुवैजनामाथि हातहतियार र खरखजाना सम्बन्धी मुद्दामा अनुसन्धान जारी छ। सर्लाही जिल्ला अदालतले अनुसन्धानका लागि १० दिन म्याद थप गरेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार