देशभर मनसुनी प्रणाली सक्रिय, भारी वर्षाको चेतावनी

देशभर मनसुनी प्रणाली सक्रिय, भारी वर्षाको चेतावनी

लोक आवाज,
काठमाडौँ, भदौ १३ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन सक्रिय रहेको जनाउँदै केही प्रदेशमा भारी वर्षाको चेतावनी जारी गरेको छ। शुक्रबार दिइएको विवरणअनुसार, मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको नजिकै रहँदा बंगालको खाडीबाट आउने मनसुनी हावाको प्रभाव पनि बढेको छ।

हाल देशभर आंशिकदेखि सामान्यतया बदली अवस्था रहेको छ। कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भएको छ भने सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशका पहाडी भू–भागसहित अन्य क्षेत्रका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शनिबार दिउँसो पनि देशभर बदली रहने पूर्वानुमान गरिएको छ। विशेष गरी कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

भारी वर्षाले पहिरो, बाढी र जलमग्नताको सम्भावना बढाउने भएकाले जनतालाई सतर्क रहन र स्थानीय प्रशासनको निर्देशन पालन गर्न महाशाखाले अनुरोध गरेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार