लोक आवाज।
जनकपुरधाम, भदौ १३ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह स्विट्जरल्यान्डको एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन जाँदै गर्दा प्रदेश सरकारको कार्यवाहक नेतृत्व भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई सुम्पिएका छन्।
मुख्यमन्त्री सिंह अगस्ट ३१ देखि सेप्टेम्बर ६ सम्म स्विट्जरल्यान्डमा आयोजना हुने कार्यक्रममा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन्। उनको अनुपस्थितिमा सरकार सञ्चालनमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले मन्त्री यादवलाई कार्यवाहक मुख्यमन्त्री तोकिएको हो। मुख्यमन्त्री सिंहले पठाएको पत्रमा उल्लेख छ, “म फर्किएर नआउन्जेलसम्मका लागि तपाईंलाई मधेस प्रदेश सरकार कार्यसम्पादन नियमावली, २०८० को नियम १४ को उपनियम ३० बमोजिम कार्यवाहक मुख्यमन्त्री तोकेको व्यहोरा जानकारी गराउँछु।”
अब मन्त्री यादव केही दिनका लागि प्रदेश सरकारको नेतृत्व सम्हाल्ने छन्।




प्रतिक्रिया !