प्रधानमन्त्री ओलीको निर्देशन: हैजा नियन्त्रणमा सेना–प्रहरीसहित स्वास्थ्यकर्मी उतारिने

प्रधानमन्त्री ओलीको निर्देशन: हैजा नियन्त्रणमा सेना–प्रहरीसहित स्वास्थ्यकर्मी उतारिने

लोक आवज,
काठमाडौँ, भदौ १३ । वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई परिचालन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसदमा जानकारी दिँदै मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बताएका हुन्।

प्रधानमन्त्रीका अनुसार, स्वास्थ्य मन्त्रालयको समन्वयमा तीनै सुरक्षा निकायका चिकित्सक, नर्स र उपकरणसहितको टोली प्रभावित क्षेत्रमा खटाइनेछ। “बिरामीलाई सक्दो चाँडो निको पार्न र हैजाको विस्तार रोक्न तीव्र प्रयास भइरहेको छ,” प्रधानमन्त्री ओलीले बताए। सरकारले रोगको स्रोत पत्ता लगाउन वैज्ञानिक अनुसन्धान अघि बढाएको छ। “ढल, खानेपानी वा अन्य स्रोतबाट रोग फैलिएको हो कि भन्नेबारे विस्तृत छानबिन भइरहेको छ,” उनले भने।

हाल नारायणी उपक्षेत्रीय अस्पतालमा हैजा संक्रमितको निःशुल्क उपचार भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले कोभिड महामारीका बेला नेपाली सेनाले बनाएको अस्थायी अस्पताललाई पनि पुनः प्रयोगमा ल्याउने तयारी भइरहेको उल्लेख गरे। सरकारले हैजा रोकथाम तथा नियन्त्रणका लागि सर्वसाधारणसँग पनि सर्तक रहन आग्रह गरेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार