लोक आवाज,
काठमाडौँ, भदौ १३ । प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ देखि १८ गतेसम्म पाँच दिने चीन भ्रमणमा जान लागेका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डलको विवरण सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी श्रीमती राधिका शाक्यसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्व उपप्रधानमन्त्री तथा सांसद पूर्णबहादुर खड्का, पूर्वमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा। युवराज खतिवडा, पूर्वमन्त्री एवं सांसद छविलाल विश्वकर्मा र अन्य उच्च पदस्थ कर्मचारीहरू रहनेछन्।
चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा हुन लागेको यस भ्रमणमा नेपाली प्रतिनिधिमण्डलले दुई देशबीचको राजनीतिक, आर्थिक, प्रविधि तथा पर्यटन सम्बन्धलाई थप मजबुत बनाउन छलफल गर्ने अपेक्षा गरिएको छ। यो भ्रमण नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अवसरको रूपमा हेरिएको छ।




प्रतिक्रिया !