मधेश प्रदेश हैजाको चपेटामा, संक्रमण दर उच्च

मधेश प्रदेश हैजाको चपेटामा, संक्रमण दर उच्च

लोक आवाज,
जनकपुरधाम, भदौ १२ । मधेश प्रदेशमा हैजाको संक्रमण तीव्र गतिमा फैलिँदै गइरहेको छ। पछिल्लो २४ घण्टामा ११५ नयाँ संक्रमित थपिएपछि संक्रमितको कुल सङ्ख्या ५४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, तीमध्ये २५७ जना पूर्ण रूपमा निको भइसकेका छन् भने हाल २८३ जना संक्रमित सक्रिय अवस्थामा रहेका छन्।

वीरगन्ज संक्रमणको केन्द्रविन्दु

वीरगन्ज महानगरपालिकामा हैजाको स्थिति सबैभन्दा गम्भीर देखिएको छ।

नारायणी अस्पतालमा १५८ जना सक्रिय संक्रमित उपचाररत छन्।

पछिल्लो २४ घण्टामा मात्रै ६२ जना नयाँ बिरामी भर्ना भएका छन्।

अन्य अस्पतालको अवस्था

तराई अस्पताल; ४२ सक्रिय, १० नयाँ संक्रमित

वीरगन्ज हेल्थ केयर अस्पताल; २४ सक्रिय, ८ नयाँ संक्रमित

कलैया अस्पताल, बारा; १ नयाँ केस वीरगन्ज यात्रा इतिहाससहित

पोखरिया नगरपालिका अस्पताल, पर्सा; ८ नयाँ संक्रमित

प्रकोप रोक्न निगरानी तीव्र

स्वास्थ्य सेवा विभागले प्रकोपको स्रोत पहिचान तथा संक्रमण श्रृंखला तोड्न निगरानी तीव्र बनाएको छ।
महाशाखाले स्थानीय तहहरू र स्वास्थ्य संस्थाहरूलाई सर्तकता र जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार